गोकर्ण पाण्डे गुल्मी । एमसीसीको विरोधमा नेत्रबिक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले गरेको नेपाल बन्दको प्रभाव गुल्मीमा पनि परेको थियो । हिजै नेपाल बन्दको आवहन गर्दै विज्ञप्ती प्रकासन भए सगै गुल्मीबाट काठमाडौ,बुटवल,पाल्पा र अर्घाखाँची छुट्ने लामाे दुरिका सबारि साधन हरु पनि चलेका थिएनन् । केहि सवारी साधन फाटफुट मात्रा मा चलेपनि हिजोको तुलनामा सडकमा सवारीहरु कम मात्रामा गुडिरहेका छन् । यता जिल्लाका विभिन्न विद्यालय ,कलेज,पसल,कालकारखाना हरु पनि बन्द रहेका थिए।
गुल्मीका मुख्य बजार र चाेक हरु पनि सुनसान रहेका छन्। बन्दमा कुनै कसिमका घटना नहुन् भन्नका लागि चाेकचाेक मा सुरक्षाकर्मि खटाइएको थियो ।
हिजाे विभिन्न ठाउँबाट छुटेका सबारि साधान गन्तव्यमा पुग्न सकेका छैन्।बन्दले यात्रुले सास्ती बेहाेर्नु परेकाे थियो ।