चुनाव पछि रेसुङ्गा नगरपालिकामा कांग्रेसकै मेयर काङ्ग्रेसकै उपमेयर :सभापति पन्थी

 

अनिष पन्थी ,गुल्मी ।अबको स्थानीय चुनाव पछि रेसुङ्गा नगरपालिकामा कांग्रेसकै मेयर र कांग्रेसकै उपमेयर आउने नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताएका छन ।

रेसुङ्गा नगरपालिका वार्ड न .९ को पार्टी कार्यालय उटघाटन एवं सम्मान कार्यक्रममा बोल्दै सभापति पन्थीले रेसुङ्गा नगरपालिकामा मेयर उपमेयर सहित वार्ड न ९ मा कांग्रेसकै वडाध्यक्ष आउने बताएका हुन।
कांग्रेसले सबल वडा सक्षम टोल कार्यक्रम जिल्लाका ९३ ओटा वडामा गर्दै नया कामको शुभारम्भ गरेको सभापति पन्थीले बताएका हुन ।
लथालिङ्ग भएको कांग्रेस लाई सुधार्न आफु लगिरहेको बताउदै रेसुङ्गा नगरपालिका जित्नको लागि वार्ड न . ९ले पनि चुनाव जित्नुपर्ने बताएका छन
कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी को प्रमुख आतिथ्यता,कांग्रेस जिल्ला उपसभापती अन्न्तराम पौडेलको विशेष आतिथ्यता रहेको थियो ।

कांग्रेस जिल्ला सचीव भगत सिंह खडका,सह – सचीव छवि पाण्डे ,कांग्रेस गुल्मी क्षेत्र न.१ सभापति पारिश्वर ढकाल,क्षेत्र न .१प्रदेश ख सचीव कृष्ण पाण्डे ,कांग्रेस नेता श्रीप्रसाद भलामी,रेसुङ्गा नगरपालिका सभापति जयश्वर पन्थी ,महिला संघ अध्यक्ष लक्ष्मी पाण्डे ,गङ्गा देवि पाण्डे ,अमृता कुवर महासमिती सदस्य झबिन्द्र बिक लगायतको मन्त्वय रहेको थियो ।

कार्यक्रममा सभापति पन्थीले पार्टी कार्यलयको उटघाटन गर्दै कार्यलय राख्न निशुल्क कोठा प्रदान गर्ने महेन्द्र मरासिनीलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।सोही कार्यक्रममा नेकपा एमाले परित्याग गरि केही व्यक्तिहरुले पार्टि प्रवेश समेत गरेका छन सोही कार्यक्रममा गठन गरिएका भातृ सङगठनका प्रतिनिधिहरुलाई सपत ग्रहण गराइएको थियो ।

वार्ड कार्य समितिका उपसभापति अनुराम पाण्डेको स्वागत मन्त्वय रहेको कार्यक्रममा वार्ड सभापति गणेश खत्रीको सभापतित्व रहेको थियो ।कार्यक्रमको सन्चालन वार्ड सचीव रुकमागत आचार्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय