गुल्मीमा जन्मदिनको अवसरमा जीवन बीमा उपहार

गुल्मी माघ २६ । पछिल्लो क्रममा जन्मदिनको अवसरमा विभिन्न उपहार दिने प्रचलन बढदै गएको पाइन्छ ।यसै क्रममा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.-८ बस्दै आएका कमल बहादुर मल्लले श्रीमती बिपना आचार्यको जन्मदिनको अवसरमा १० लाखको जिवन बिमा पोलिसी उपहार स्वरुप दिएका छ्न् ।

श्रीमतीको जन्मदिनको अवसरमा सिटिजन लाइफ लाइफ इन्स्योरेन्स कम्पनी लि. को सिटिजन शुभारम्भ बीमा योजन उपहार दिएका हुन् ।जन्म दिनमा गर्ने अनावश्यक खर्च कटौती गरी भविष्यमा आउनसक्ने समस्याहरु वाट सुरक्षित हुनको लागी जन्मदिनको अवसरमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरुप दिएको उनले बताए ।

बीमा अबधि भर विभिन्न अवस्थामा जोखिम बहन हुने र बिमा समाप्तिमा बिमाङ्क रकम र बोनस एकमुष्ट प्राप्त हुने भएकोले आजभोलि बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको तम्घास शाखाका शाखा प्रमुख विजय मरासिनीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय