बुटवलमा कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा २ जना घाइते भएका छन्।

बुटवलबाट तिलोत्तमातर्फ जाँदै गरेको बा १२ च ७४५६ नम्बरको कार अनियन्त्रित भएर कालिकानगर स्थित डिभाइडरमा ठोक्किँदा देवदहका २९ वर्षीय विपिन ज्ञवाली र २१ वर्षका सुरज सुनार घाइते भएका हुन्।घाइतेको बुटवलमा अस्पतालमा उपचार भइरहेको छ।

ती दुईमध्ये विपिनको अवस्था मध्यम रहेको र सुरजको अवस्था सामान्य रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। कार भने क्षतविक्षत भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय