१० मंसिर, काठमाडौं । प्रहरीले गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेकी श्रीमती दिक्छेनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिन गएका बेला उनलाई पक्राउ गरिएको हो ।
मकवानपुरका एसपी सुशील सिंह राठौरका अनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीले पठाएको फरार सूचीको पत्र अनुसार उनलाई पक्राउ गरिएको हो । ‘उहाँ अरु कुनै विषयको उजुरी लिएर आउनु भएको थियो, त्यसक्रममा उहाँ फरार सूचीमा भएको थाहा पाएपछि पक्राउ गरेका हौं’, राठौरले भने ।