मालपोत कार्यालय गुल्मीका सेवा माघ १७ गतेसम्म स्थगित

अनिष पन्थी, गुल्मी । गुल्मीका कार्यालयहरुमा कोरोनाको जोखिम बढदै गएको छ। कार्यालय प्रमुख लाई कोरोना सङक्रमण पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय गुल्मीका आन्तरिक बाहेकका सम्पुर्ण सेवा माघ १७ गतेसम्मको लागि स्थगित गरिएको छ।

कोभिड १९ को सङक्रमण बढदै गएको र मालपोत कार्यालय प्रमुखलाई कोभिड-१९ पोजिटिभ देखिएको साथै केही कर्मचारीहरुमा समेत कोभिड १९ को मिल्दोजुल्दो लक्षण देखिएको कारण विदामा रही बसेको सन्दर्भमा मालपोत कार्यालय गुल्मीले सेवा स्थगन गर्ने निर्णय गरेको छ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरु उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरु समेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै भोलिदेखी लागु हुने गरि माघ १७ गतेसम्मको लागि आन्तरिक बाहेकका नियमित कामकाज तथा सेवाहरु बन्द गर्ने मालपोत कार्यालय गुल्मीले जनाएको छ।
एता गुल्मीका कार्यालयहरुमा कोरोनाको जोखिम बढदै गएको पाइएको छ। कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा पनि बन्द गरेको छ।
सोमबार सूचना जारि गर्दै कार्यालयमा कार्यरत केहि कर्मचारीहरुमा कोरोना सङक्रमण भएको र आइसोलेसनमा उपचाररत भएको कुरा जानकारी दिदै अत्यावश्यक सेवा, सुरक्षा र बिपद व्यबस्थापन बाहेक अन्य सेवा अर्को सुचना नआउन्जेल सम्मको लागि मंगलबारबाट बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा गुल्मीमा थप ७३ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। १३९ जनाको एन्टिजेन परिक्षणको क्रममा ४२ पुरुष र ३१ महिलामा सङक्रमण पुष्टि भएको छ।हालसम्म यस जिल्लामा ३६१ जना कोरोनाका सक्रिय सङक्रमित रहेका छन ।आज सङक्रमण पुष्टि हुनेमा धेरै रेसुङ्गा नगरपालिकाका रहेका छन ।आज रेसुङ्गा नगरपालिकामा मात्र २१ पुरुष र १३ महिला गरि ३४ जना सङक्रमित थपिएका छन।

यस जिल्लामा अहिले एन्टिनेज परिक्षण मात्र गरिएको छ ।पिसिआर प्रयोगशाला भएता पनि बजेट अभावको कारण सन्चालनमा आउन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय