कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रशासन कार्यालय गुल्मीका अत्यावश्यक बाहेकका अन्य सेवा बन्द

अनिष पन्थी,गुल्मी । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको छ।

सोमबार सूचना जारि गर्दै कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङक्रमण भएको र आइसोलेसनमा उपचाररत भएको कुरा जानकारी दिदै अत्यावश्यक सेवा, सुरक्षा र बिपद व्यबस्थापन बाहेक अन्य सेवा अर्को सुचना नआउन्जेल सम्मको लागि भोलि मंगलबारबाट बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले जानकारी दिए।

कार्यालयमा सेवाग्राहीहरुको भिडभाड उच्च रहेको र कोभिड १९ को संक्रमणको जोखिम थप बढ़ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनबाट प्रवाह हुने अत्यावश्यक सेवा अन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु माघ ११ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगन गरिएको बताइएको छ ।

यदि अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले पूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरि आउनुपर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

गुल्मीमा पछिल्लो क्रम कोरोना भाइरसको सङक्रमण दिन प्रती दिन बढेको छ। स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज गुल्मीमा थप ६६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ।

९७ जनाको एन्टिजेन परिक्षणको क्रममा यहाँका विभिन्न स्थानीय तहबाट ३३ पुरुष र ३३ महिलामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
हालसम्म यस जिल्लामा २८८ जना कोरोनाका सक्रिय सङक्रमित रहेको र सङक्रमित सबै होम आइसोलेसनमा रहेको बताइएको छ।

यस जिल्लामा अहिले एन्टिनेज परिक्षण मात्र गरिएको छ ।पिसिआर प्रयोगशाला भएता पनि बजेट अभावको कारण सन्चालनमा आउन सकेको छैन।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय