नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखा गुल्मीको तेस्रो अधिवेशन तथा आठौं साधारण सभा सम्पन्न

भुवन काफ्ले, गुल्मी । नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखा गुल्मीको तेस्रो अधिवेशन तथा आठौं साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबार उप-शाखाका नि-बर्तमान सभापति शेरबहादुर कुँवरको सभापतित्व सम्पन्न उपशाखा तेस्रो अधिवेशन तथा आठौं साधारण सभाले पुनः शेरबहादुर कुँवरको संयोजकत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको छ ।

जसको उपसभापतिमा दधिराम पन्थि र विष्णु खत्री ,सचिवमा नारायण कुँवर, सह- सचिवमा मीन बहादुर कुँवर ,कोषाध्यक्षमा बैकुण्ठ कुँवर ,उपकोषाध्यक्षमा सिता कुँवर ,सदस्यहरुमा,राजन कुँवर ,कृष्ण जि सी,कृष्ण रायमाझी ,धन बहादुर कुँवर,लक्ष्मण खत्री,गिता घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

साथै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखाका नि-बर्तमान कोषाध्यक्ष बैकुण्ड कुँवरले आर्थिक प्रतिवेदन पेश गर्दै कार्यालय संचालनको लागि ३ कोठे भवन निर्माण गरेको तथा दैविक प्रकोप उद्दारमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो।

नेपाल रेडक्रस सोसाइटी गुल्मीका जिल्ला सदस्य एवं अधिवेशन प्रतिनिधी गंगा शर्माको प्रमुख अथित्यता रहेको उक्त कार्यक्रमको संचालन नि-बर्तमान सह-सचिव नारायण कुवँरले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय