गुल्मीको हस्तिचौरमा कांग्रेसको टोल कार्य समिती गठन

अनिष पन्थी, गुल्मी। “गुल्मी कांग्रेसको अठोट, सबल वडा, सक्षम टोल” अभियान अन्तर्गत नेपाली कॉंग्रेसको विधानको निर्दिष्ट अनुरुप गुल्मीको इस्मा गाउँपालिका वडा नं-१ हस्तिचौरमा टोल कार्य समिती गठन गरिएको छ।

रिखबहादुर (राजु) बोहोराको सभापतित्वमा ३६ सदस्यीय टोल कार्यसमिति गठन गरिएको बताइएको छ।

यतिबेला गुल्मी कांग्रेस नया जोस,नया सोच र नया तथा युवा नेतृत्व सहित उत्साहित भएर टोलटोल, घरघर साथै वस्तिबस्तीमा पुगेको कार्यक्रमका प्रमुख अथिति एवं कांग्रेस महासमिति सदस्य अधिवक्ता पार्वती कुँवरले बताउनुभयो।

यो गतिविधिले सबैमा एकताको सन्देश समेत दिएको उल्लेख गर्दै आगामी तिनै तहको निर्वाचनमा कॉग्रेसलाई विजयी बनाउन आफु तल्लिन रहेको कुँवरले बताउनुभयो।

कार्यक्रममा विशेष अथिति नेपाली कॉग्रेस गुल्मीका जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधी, जन सम्पर्क समिति उत्तर भारत प्रदेशका सभापति सुनिता जि सी कुवंर, प्रदेश प्रतिनिधिहरु पदम जि सि, रेम ब खत्री ,इस्मा गाउँपालिका-०२ का वडा सचिव राजन कुँवर ,नेपाली कांग्रेसका सल्लाहकार मीन ब कुँवर, दधिराम पन्थी, महिला संघका नेता गिता घिमिरे, नेविसंघ, तरुण दल, दलित संघका नेता तथा कार्यकर्ता लगायत करिव ५० वढीको उपस्थिति रहेको थियोे।

इस्मा गाउँपालिका वडा न. १ का वडाध्यक्ष एवं नेपाली कॉग्रेस इस्मा १ का सभापति चुराबहादुर खत्रीको सभाध्यक्षता सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन कांग्रेस वडा सचिव प्रेम खत्रीको रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय