प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार बिहान सर्वदलीय बैठक बस्दैछ ।

स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार साँझ आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सार्वदलीय बैठक बोलाउनुअघि सत्ता गठबन्धनसँगै काँग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए ।

सुरुमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताउँदै देउवाले महामारीको समयमा निर्वाचन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।- ज्योतिन्यूजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय