बडिगाड गाउपालिकामा आज थप २ कोरोना संक्रमित थपिए

तिलक मगर-बडिगाड गाउँपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संकास्पद लक्षण देखिएकाहरुको आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्बाङमा १० जनामा गरिएको एन्टिजेन परिक्षणमा त्रिभुवन नमुना मा.बि. का ३८ बर्षका शिक्षक र बडिगाड २ का २२ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्वाङका प्रमुख सुदिप रञ्जन यादबले जानकारी दिनुभएको छ ।

सबै संक्रमित अहिले होम आईसोलेसनमा बसिरहेका छन । बडिगाड गाउँपालिकामा अहिले १० जना सक्रिय संक्रमित रहेका छन ।

यस्तै भोली पनि बडिगाड २ मा कोरोनाको परिक्षण हुने भएकाले संकास्पद व्यक्तिहरुले आधारभुत स्वास्थ्य सेवा केन्द्र खर्बाङमा सम्पर्क गर्न स्वास्थ्य सेवा केन्द्र खर्वाङले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय