कांग्रेस कपिलवस्तुको जिल्ला कार्यसमितिमा ७ सदस्य मनोनित, हेर्नुहोस् को-को भए मनोनित ?

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले जिल्ला कार्यसमितिले सदस्यमा ७ जनालाई मनोनित गरेको छ ।

मंगलबार जिल्ला सभापति अब्दुल कलामले नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) परिच्छेद–घ को १२– १(ख) २ बमोजिम जिल्ला कार्य समिति कपिलवस्तुको सदस्यमा ७ जनालाई मनोनित गर्नुभएको पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिनुभएको छ ।

मनोनित हुनेहरुमा बाणगंगा नगरपालिका वडा नं. १० का रवि बहादुर काफ्ले, शिवराज नगरपालिका वडा नं. ५ का हरि प्रसाद पोख्रेल, बाणगंगा नगरपालिका वडा नं. १ का देवेन्द्र कुमार रायमाझी,

यशोधरा गाउँपालिकाका अब्दुल करिम मुसलमान, कपिलवस्तु नगरपालिका वडा नं.३ का बसन्ती कुमारी सिंह रहेका छन् ।

यस्तै कपिलवस्तु नगरपालिकाकै बासुदेव प्रसाद गुप्ता र तारा प्रसाद मिश्रा रहेका छन् ।- वैखरी अनलाईनको सहयोगमा

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय