आजकल धेरै मानिसमा कब्जियतको समस्या रहने गरेको छ । यो जुनै उमेरका मानिसलाई पनि हुनसक्छ ।

उपचारबाट कब्जियत निको पार्न गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि गर्न सकिन्छ । यसकालागि नुनपानी उपयुक्त विकल्प हो ।

– कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउँदा यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ ।

– नियमित नुनपानी पिउँदा यसले आन्द्राको बाहिरी भाग सफाई गर्छ साथै भित्रि रुपमा पनि समस्या कम गराउँछ ।

– नुनले शरीरलाई प्राकृतिक रुपमा डिटक्स गर्नुका साथै पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।

– यदि दैनिक रुपमा खाली पेटमा नुन पानी पिउँदा धेरै फाइदा पुग्दछ ।

नुन पानीका लागि एक लिटर पानी तताउने र हल्का मन तातो भएपछि थोरै नुन हालेर पिउँने पर्दछ । यो एक लिटर पानी १० मिनेटमा पिएर सकाउनु पर्दछ । नुन पानीले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ ।

यसरी नुनपानी पिएको केही समयमै पेट सफा भएको महसुस गर्न सकिन्छ ।- ज्योतिन्यूजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय