पत्रकार सम्मेलन मार्फत नेपाली काङ्ग्रेस गुल्मीको आगामी रणनीति सार्वजनिक

सन्तोष महतारा
गुल्मी, २९ पुष / नेपाली काङ्ग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत आगामी रणनीति सार्वजनिक गरेको छ । बिहीबार नेपाली काङ्ग्रेस गुल्मीले पार्टी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरेर आगामी रणनीति सार्वजनिक गरेको हो ।

‘गुल्मी काङ्ग्रेसको अठोट : सबल वडा सक्षम टाेल’ अभियान नेपाली काङ्ग्रेस गुल्मीको आगामी मुख्य रणनीति भएको नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिल्धवज पन्थीले पत्रकार सम्मेलनमा जानकारी गराए । ‘हामीले समाज रुपान्तरण गर्नका लागि तल्लो तह अन्तर्गत वडालाई सबल र टाेललाई सक्षम बनाउने अभियान चलाएका छौँ ।” पत्रकार सम्मेलनमा जिल्ला सभापति पन्थीले भने, “नेपाली काङ्ग्रेस गुल्मीले आम गुल्मेली जनताको गुनासो सम्बाेधन गरेर अगाडि बढ्न रणनीति बनाएको छ ।”

नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूकाे आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए । उनले नेपाली काङ्ग्रेस गुल्मी उत्साहजनक रुपमा अगाडि बढ्दै टाेलटाेलमा टाेल समिति गठन, प्रत्येक वडामा पार्टी कार्यालय स्थापना, वडा देखि जिल्ला तहसम्मका बैठक नियमीत संचालन गरिरहेकाे बताए । गुल्मी काङ्ग्रेसलाई विधानसम्मत चलाएर संगठन निर्माण गर्नका लागि व्यवस्थित कार्यक्रम संचालन गरी जिल्लामा बृहत प्रशिक्षण कार्यक्रम पनि गर्न थालिएको जिल्ला सभापति पन्थीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आम नागरिकका मुद्दाहरु अगाडि बढाउने आफूहरूकाे मुख्य ध्येय भएको, अब निर्वाचन केन्द्रित कार्यक्रम चलाउन थालिएको, काङ्ग्रेस पार्टीलाई प्रविधिमैत्री बनाउने निति कार्यान्वयनमा लैजान लागिएकाे, विधि र विधान काङ्ग्रेसको प्राण भएको, गुल्मीमा काङ्ग्रेसलाई क्रियाशील बनाउन लागिएको र सर्वसाधारण जनतालाई काङ्ग्रेसकाे अनुभुती दिलाउन आफुहरु लागेको नेपाली काङ्ग्रेस जिल्ला सभापति पन्थीले बताए ।

पन्थीले संघीयता पछि जनतालाई महशुस हुनेगरी जनप्रतिनिधिहरु सेवक बन्नुपर्नेमा शासक बनेर जनतालाई दास बनाएको आराेप समेत लगाए । गुल्मीमा कुनै पनि स्थानीय तहका बसाइँसराइ राेक्ने कार्यक्रम नभएको भन्दै बसाइँसराइ अहिलेकाे मुख्य चुनाैती भएकोले यसलाई राेक्न बिशेष कार्यक्रम ल्याउनेपर्ने धारण उनले राखे । स्थानीय तहहरुले सडक विस्तार मात्र गर्ने तर सुधार र स्तराेन्नति नगर्ने कुरालाई लक्षित गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति पन्थीले यसरी स्थानीय तहहरुले विकासको फड्काे मार्न नसक्ने दाबी गरे ।

नेपाली काङ्ग्रेसको भरखरै सम्पन्न महाधिवेशनलाई लक्षित गर्दै पन्थीले गुल्मी काङ्ग्रेस एकताबद्ध भएको बताए । कुनै आग्रह र पुर्वाग्रह त्यागेर संगठन निर्माण गर्ने सबै साधारण सदस्य, क्रियाशील सदस्य, कार्यकर्ता तथा सम्पुर्ण नेताको जिम्मेवारी भएकोले निरन्तर संगठन निर्माणमा आफूहरु लागिरहेकाे उनको भनाइ थियो । गत पुष २७ गतेदेखि सुुरु भएको ‘गुल्मी काङ्ग्रेसकाे अठोट : सबल वडा, सक्षम टाेल’ अभियान निरन्तर चलिरहेले र यस अभियानले वडालाई सबल र टाेललाई सक्षम बनाउने विश्वास आफूहरूले गरेको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ । कार्यक्रममा सहभागी पत्रकारहरुले राखेको जिज्ञासाकाे जवाफ नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले दिएका थिए । कार्यक्रममा पत्रकारहरुकाे सुझावले काङ्ग्रेसको अभियान सिङ्गो गुल्मीको अभियान हुने नेपाली काङ्ग्रेस गुल्मीको अपेक्षा रहेको पन्थीले बताएका थिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टाेपलाल अर्याल, सचिव प्रेम सुनार , पूर्व सचिव तारा भुसाल, वर्तमान सह-सचिव तिलाचन पाण्डे लगायत जिल्लामा क्रियाशील पत्रकारहरुकाे उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनकाे सहजीकरण नेपाली काङ्ग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सह-सचिव छवि पाण्डे र धर्मराज पाण्डे लगायत जिल्ला सदस्यहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय