लोकप्रिय मन्त्री आले चढेको सवारी दुर्घटना,आम शुभचिन्तक दु’;खी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले सवार गाडी कैलालीको धनगढीमा दुर्घटनामा परेको छ।

कञ्चनपुरको महेन्द्रनगर जान धनगढी विमानस्थलबाट बाहिरिने क्रममा मंगलबार साँझ मन्त्री आलेको गाडी एउटा निजी कारसँग ठोक्किएको हो।

एउटा कार्यक्रममा सहभागी हुन कञ्चनपुरको महेन्द्रनगर जान धनगढी विमानस्थलबाट बाहिरिने क्रममा मंगलबार साँझ मन्त्री आलेको गाडी एउटा निजी कारसँग ठोक्किएको हो।

धनगढी विमानस्थलबाट बाहिरिने क्रममा धनगढीको मोहनपुरमा मन्त्री आले सवार सुदुरपश्चिम प्रदेश–०१–००१ झ ३३३ नम्बरको गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ नम्बरको कारसँग ठोक्किएको हो।

प्रहरीले स्कर्टिङ गरिरहेको अवस्थामा मन्त्री आलेको गाडी निजी कारसँग ठोक्किएको थियो। प्रत्यक्षदर्शीका अनुसार मन्त्री आलेको गाडीसँग ठोक्किएको कारका चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले निजी कार अनियन्त्रित भएर मन्त्री आलेको गाडीमा ठोक्किन आइपुगेको बताए।

‘मन्त्रीज्यूको गाडी प्रहरीको स्कर्टिङमा थियो। प्रहरीको गाडि क्रस भइसकेपछि निजी कार अनियन्त्रित भएर मन्त्रीज्यू सवार गाडीमा ठोक्किन आइपुगेको हो,’ एसपी अधिकारीले भने।

एसपी अधिकारीका अनुसार मन्त्री आलेको गाडीसँग ठोक्किएको निजी कारका चालक सामान्य घाइते छन्।

कारका चालक सामान्य घाइते छन्। उनी हाम्रो नियन्त्रणमै छन्। मादक पदार्थ सेवन गरेको आशंका छ। अहिले स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ,’ एसपी अधिकारीले भने।

दुर्घटनामा मन्त्री आले सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ। मन्त्री आले भने सकुशल रहेको र उनी आफ्नो गन्तव्यतर्फ लागिसकेको एसपी अधिकारीले जानकारी दिए।श्रोत स्नेपाल लाइभ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय