हामिले गरेको कामलाइ विपक्षीले मैले गरेको भन्दै हिडे: कांग्रेस रेसुङ्गा नगर कोषाध्यक्ष खत्री

अनिष पन्थी गुल्मी
रेसुङ्गा नगरपालिका वार्ड न १३ का वडाध्यक्ष एवं नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका कोषाध्यक्ष खुम खत्रीले आफुहरुले वडामा धेरै काम गरेको तर प्रचार नगरेको कारण अन्य पाटिले हामिले गरेको काम भन्दै हिडेको बताएका छन ।

गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल” अभियानको आज जिल्लाका ९३ वटै वडाबाट शुभाराम्भ भएको कार्यक्रममा गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न १३ को भेलालाइ सम्बोधन गर्दै खत्रीले यस्तो बताएका हुन ।

आफू वडामा निर्वाचित भएपछि धेरै काम गरेको उल्लेख गर्दै हामिले गरेका कामलाई सबै माझ बुझाउनुपर्ने समेत बताएका छन ।

अन्य पाटिका नेता चुनावको बेलामा जनता सङ्ग आएर भोट मागेर चुनाव जितिसकेपछि जनतालाइ फर्केर नहेर्ने बताउदै आफ्ना मान्छेलाइ जागिर लगाइदिने काम मात्र गरेको बताए।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको यहि पौष २१ गते बसेको बैठकको निर्णय अनुसार “गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल” अभियान अन्तर्गत आज जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर विभिन्न कार्यक्रम समपन्न भएका छन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय