एमालेको जिल्ला अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

कैलाली । नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो ।

प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको हो ।

झडपमा युवाहरुले मतदानका लागि बनाएका मतपेटिका फालिदिएका छन् भने र मतपत्र छरिदिएका छन् । झडपपछि कैलालीको निर्वाचन अनिशचित भएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौँ– नेपालमा आइतबार १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ४८ पीसीआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि हो ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो आँकडा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय २४ संक्रमित निको भएसँगै हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् भने ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय