एकीकृत समाजावादी धुर्कोट गाउँ कमिटिको प्रथम बैठक समपन्न

गुल्मी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )गाउँ कमिटी धुर्कोट ,गुल्मीको प्रथम वैठक बर्बोटमा सम्पन्न भएको छ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) लुम्बिनी प्रदेश कमिटी सचिवालय सद्स्य एवं जिल्ला कमिटी अध्यक्ष नरेश कुमार भण्डारिको प्रमुख आतिथ्यता,प्रदेश कमिटी सद्स्य एवं जिल्ला उपाध्यक्ष चन्द्र सुनारको विशेष आतिथ्यता,जिल्ला कमिटी उप-सचीव राजेन्द्र सुनार , जिल्ला कमिटी सचिवालय सद्स्य जित ब.वि.क,जिल्ला कमिटी सद्स्य कृष्ण थापा,रेशम पाण्डे,अनेरास्ववियु जिल्ला संयोजक मनिषा नेपाली, युवा संघ जिल्ला उपाध्यक्ष कबिता जि.सि.गाउँ कमिटी उपाध्यक्ष भेष ब.घर्ती ,निरान्जन खड्का लगायतको उपस्तिथि रहेको थियो।बैठकमा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) को अभियानमा जिडिनु भएको धुर्कोट गाउपालिका वडा न.२ का लिल बहादुर गौतम र धुर्कोट गाउपालिका ५ बस्तुका चन्द्र कुवर लाई प्रमुख अतिथी नरेश भण्डारिले टीका लगाई स्वागत गर्नु भएको छ।

बैठकले धुर्कोट गाउपालिका सबै वडाहरुमा र विद्यालय हरुमा पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान संचालन गर्ने र अन्य महत्त्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको छ।

बैठक नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी )धुर्कोट गुल्मीका अध्यक्ष बाबुराम खडकाको अध्यक्षता ,सचिव एल.सि.रसाइलिको संचालनमा सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय