निजामती कर्मचारी युनियन गुल्मीको ८ औ जिल्ला अधिबेशनको खुला सत्र  समपन्न

अनिष पन्थी, गुल्मी। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति गुल्मीको ८ औ जिल्ला अधिबेशन समपन्न भएको छ।जिल्लाको रेसुङ्गा नगरपालिका बाल मन्दीमा रहेको सभाहलमा कार्यक्रम समपन्न भएको हो ।

देशलाइ चलाउने दुई पाङ्रा मध्य एक पाङ्रा कर्मचारी रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी चन्द्र केसीले बताए ।
प्रजातन्त्रमा आफू आफ्ना प्रती बहिदान र अरुका प्रती इमानदार हुँदै नेता भनेको नेतृत्व समाल्ने मान्छे भएको बताए ।देशमा जबसम्म सार्वभौम हुदैन तबसम्म हामिले केही गर्न नसकिने केन्द्रिय सदस्य केसीले बताए ।
देशमा कांग्रेस बाएक अरु बिकल्प नभएको उल्लेख गर्दै हरेक कुरामा हरेक आन्दोलनमा  नेपाली कांग्रेस चाहिने बताए ।

आफुहरु सधैभरी  कर्मचारीकाे साथमा रहेको र कर्मचारीकाे हकहितका लागि काम गर्ने  नेपाली कांग्रेस गुल्मीका सभापति खिल्ध्वज पन्थीले बताए ।
कर्मचारीका समस्या प्रती आफू सधै लागिपरेको पार्टी सभापति पन्थीले बताए ।

नेपाली कांग्रेस को साथ लाई अगाडि बढाउदै  गुल्मीको युनियनले विभिन्न बिपद कार्यमा राम्रो काम गरि अन्य राजनीति पार्टिको बिचमा अब्बल साबित गर्न सहयोग गरेको  नेपाली कांग्रेस गुल्मीका सचीव भगत खड्काले बताए ।

युनियन र कांग्रेस निकै नजिक रहेको उल्लेख गर्दै कर्मचारीहरुले कांग्रेसको साथ लिएर अगाडि बढन आग्रह गरे ।

२०४६  सालको परिवर्तन पछि संघ सङगठन खोल्न पाउने अधिकार भएपछि २०४७  साम फागुन १२ गते निजामती कर्मचारी युनियन को स्थापना भएको पुर्व कर्मचारी एवं नेपाली कांग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थीले बताए ।

कांग्रेस सत्तामा आएपछि कर्मचारीका माग पुरा हुने बताए
गुल्मी युनियन ले रचनात्मक काम समेत गरेको उल्लेख गर्दै कर्मचारी को आवाज कर्मचारी कै सिपाही भएर उठाउने  बिश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र केसिको प्रमुख आतिथ्यता , गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलको विशेष आतिथ्यता  रहेको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन गुल्मीका  उपाध्यक्ष खिम बहादुर अधिकारीले स्वागत मन्तवय रहेको थियो।

नेपाली कांग्रेस गुल्मीका पाटी सभापति खिल्ध्वज पन्थी ,सचीव भगत खडका,जिल्ला सह सचीव छवि पाण्डे , सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल,लुम्बिनी प्रदेश सदस्य बिष्णु कुमारी सापकोटा,मादव खरेल ,कल्पना घिमिरे लगाएको आतिथ्यता रहेको थियो ।

निजामती कर्मचारी युनियन गुल्मीका अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सन्चालन श्याम पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय