फागुन २० गतेदेखि चौथो गुल्मी महोत्सव हुदै

अनिष पन्थी, गुल्मी।                                                गुल्मी जिल्लामा यस बर्ष फागुनमा चौथो गुल्मी महोत्सव हुने भएको छ।
जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा यहि आउदो फागुन २० गतेदेखि २९ गतेसम्म चौथो गुल्मी महोत्सव हुने गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा प्रसाद भुषालले जानकारि दिए ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समवृद्धि निकास ‘शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने मुल नाराका साथ २०७६ साल चैत्र २१ गते देखि २०७७ बैशाख  १ गतेसम्म गर्ने भनिएको महोत्सव कोभिड १९ को कारण रोकिएको र यस बर्ष गर्ने निर्णय भएको महासचिव भुषालले बताए ।

गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको ३० औ बार्षिक साधरण सभामा महासचिव भुषालले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामिको अध्यक्षतामा सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय