नेकपा एमालेको जिल्ला अधिवेशनका लागि मुसिकोटबाट प्रतिनिधि चयन !

सागर भण्डारी,मुसिकोट । यही पौष २३ गते हुने नेकपा एमाले गुल्मीको ११ औँ जिल्ला अधिवेशनका लागि मुसिकोट नगरपालिकाबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

अधिबेशनमा सहभागी हुनका लागि मुसिकोट नगरपालिबाट ९ वटै वडाका ३८ जना प्रतिनिधि सर्वसम्मत चयन भएको नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

चयन भएका प्रतिनिधि मध्ये १२ महिला, ५ दलित र खुल्ला तर्फ २१ जना रहेको उहाँले बताउनुभयो । जसमध्ये वडा नं १ बाट खुल्ला ४ जना दलित १ र महिला एक गरी ६ जना, वडा नं २ र ३ बाट खुल्ला १/१ जना महिला १/१ जना र दलित १/१ जना गरी ३/३ जना तथा वडा नं ४ बाट खुल्ला ४ जना र महिला तर्फ १ जना गरी ५ जना प्रतिनिधि चयन भएको काफ्लेले जानकारी दिनुभयो ।

त्यस्तै वडा नं ५ र ९ बाट २/२ खुल्ला र १ महिला गरी ३/३ जना, वडा नं ७ बाट खुल्ला ५ जना र महिला २ जना गरी ७ जना र वडा नं ८ बाट खुल्ला ३, महिला १ र दलित १ गरी ५ जना सर्वसम्मत रुपमा चयन भएका छन् ।

यो पनि पढ्नुहोस् – रामकृस्ण कंडेल- नेपाल कम्युनिष्ट पार्टी एमाले समर्थित महिलाहरूको संगठन अखिल नेपाल महिला संघ को भेला मुसिकोट नगरपालिका ७ स्थित वामीटक्सारमा सम्पन्न भएको छ l

मुसिकोट नगरपालिकाका सबै वडा हरु बाट छनौट भइ आएका महिला प्रतिनिधिहरुको भेला ले मु.न.पा १ निवासी क्रान्तिकारी महिला नेतृ गंगा श्रेष्ठको अध्यक्षतामा २५१ सदस्यीय अखिल नेपाल महिला संघ मुसिकोट नगर कमिटिको चयन गरेको छ l

उक्त कमिटीको उपाध्यक्षमा चित्रकला भट्टराई,बिमला लामिछाने र अमृता श्रेष्ठ रहनु भएको छ l यसै गरी सचिवमा सावित्रा विष्ट घिमिरे, उपसचिव कमला शर्मा,बसन्ती सिंजाली,ललिता तिवारी सापकोटा,कोषाध्यक्ष दुर्गा खरेल, सहकोषाध्यक्ष उषा परियार चयन हुनुभएको छ l

यसैगरी मुसिकोट नगर कमिटि मा निम्नानुसारका सदस्यहरु विभिन्न वडाहरु बाट चयन हुनुभएको छ l नगर कमिटीको सदस्यमा क्रमशः बिष्णु जिसी केसी, सबिना अधिकारी,गीता बि.क,सुमित्रा पौडेल,इस्वरा गिरि,सिता थापा,तारा गिरि,सिता रायमाझी,सबिता खरेल,सबिना नेपाली,निर्मला सिंह,सावित्रा परियार,पुजा खरेल,जुना बगाले,सावित्रा गाहा,यमुना दर्लामी,कविता राना,सरस्वती भन्डारी,पानकुमारी बि.क,राधिका रिजाल,जमुना भर्तेल,बिष्णु शर्मा,बिष्णु थापा,पार्वती शर्मा,निरु बि.क,जानकी शर्मा,ज्योति अर्याल,दिपा परियार,सरस्वति गौतम,अनिता राना,लिला सापकोटा,माया खरेल,कमला खरेल,उमा सापकोटा,प्रबिना परियार,कोपिला सापकोटा,जुना परियार,गंगा बि.क,कोपिला परियार,सावित्रा बि.क,जानुका सिग्देल चालिसे,इन्द्रा खरेल,मैया कंडेल रहनु भएको छ l

अखिल नेपाल महिला संघ मुसिकोट नगर कमिटि को आयोजनामा सम्पन्न भेला को प्रमुख अथिति मुसिकोट नगरपालिकाका उपप्रमुख तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य कमला शर्माको रहेको थियो l

आजको कार्यक्रमको आथिति हरुमा क्रमस: जिल्ला कमिटी सदस्य सीता भुसाल,नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले,नगर कमिटी सचिव गोपीकृष्ण खरेल,सत्या जिसी,कोपिला घिमिरे,यमकला खरेल,पान कुमारी बी.क,गीता बि.क र सुकमाया बी.क रहनु भएको थियो l

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु तथा प्रतिनिधि हरु लाई सत्या जि सी ले स्वागत मन्तव्य मार्फ स्वागत गर्नुभएको थियो l गंगा श्रेष्ठको सभाध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन सावित्रा विष्टले गर्नुभएको थियो l

अखिल नेपाल महिला संघ नेकपा एमाले सँग विचार मिल्ने महिलाहरूको साझा संगठन हो l यस संगठनले मुसिकोट नगरपालिका भित्रका सवै वडाहरुमा महिलाहरु को कमिटीहरु गठन गर्ने,प्रगतिशील देशभक्त शक्तिको रूपमा रहेको नेकपा एमालेको प्रचार प्रसार लाई टोल टोलमा सक्रियतापूर्वक पुर्याउनका लागि दृढता पूर्वक अगाडि बढ्ने निर्णय समेत गरिएको बुझिएको छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय