ओलीको प्रस्ताबमा सर्वसहमति

काठमाडौं,३ मंसिर । पूर्वनिर्धारित तालिकाअनुसार बुधबार दिउँसो १ बजे बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्नुपर्ने थियो । तर, सचिवालय बैठककै समयसँग जुधाएर दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्ने खबर प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई दियो ।

ओली पक्षधर नेताहरुले बुधबारको सचिवालय बैठक सार्न र टार्न खोजेको आशंका प्रचण्ड–माधव पक्षका नेताले गरिरहेका थिए । त्यहीबेला क्याबिनेट बैठक र पार्टीको बैठक जुधाइएकोमा घनश्याम भुसाललगायतका केही मन्त्रीले आपत्ति जनाए । अन्ततः प्रधानमन्त्री ओली केही पछाडि हटे र मन्त्रिपरिषद बैठकको तालिका पछि थकेलियो । ओली पक्षका सबै नेताहरु सचिवालय बैठकमा सहभागी भए ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै लिखित प्रस्ताव पेस गरेपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए । बालुवाटारमा मंगलबार बसेको ओली पक्षका नेताहरुको भेलाले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी हुनुको अर्थ नहुने निश्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय