गलकोट महोत्सवमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने

बागलुङ-बागलुङको गलकोटमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ ।

गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को अवसर मा २ लाख रुपैयाँको प्रतियोगिता आयोजना गरिएको छ।

प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्वितीय हुने समुहले १ लाख ११ हजार १ सय ११ र तृतीय हुने समुहले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यहि पौष १५ गतेदेखि २६ गतेसम्म हुन लागेको महोत्सवमा भलिबल सँगै अन्य सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरु आयोजना गरेको ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेले जानकारी दिनुभयो ।

भलिबल खेल गलकोटमा निकै प्रचलित खेल भएको र भलिबलबाट नै गलकोटका खेलाडीहरुले गलकोटको खेल क्षेत्रको विकासमा भुमिका खेल्दै आएकोले आगामी दिनहरुमा पनि भलिबल खेल प्रति गलकोटे खेलाडिहरुको लगाव बढाउनका लागि पनि महोत्सवमा भलिबलमा सर्वाधिक राशिको पुरस्कार राखिएको पाण्डेले बताउनुभयो ।

खेलमा देशका विभिन्न स्थानहरुबाट उत्कृष्ट खेलाडी र समुहको सहभागिता हुने भएकोले पनि भलिबल खेल खेलाडिहरुको लागि मात्र नभएर हेर्न दर्शकको आकर्षणको रुपमा समेत महोत्सवमा समावेश गरिएको ड्रिम टिम गलकोटका सचिव केशव बस्नेतले बताउनुभयो ।

११ दिनसम्म गलकोटको मजुवाफाँटमा सञ्चालन हुने महोत्सवमा फुटसल प्रतियोगिता, रत्यौली प्रतियोगिता, भ्वाईस अफ गलकोट, गलकोट डान्स च्याम्पिएन, माछा छोप्ने प्रतियोगिता कालिलेख दौड लगायतका प्रतियोगिताहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

जस अन्तरर्गत फुटसल प्रतियोगिताको प्रथम ४५ हजार द्वितीय २० हजार, रत्यौली प्रतियोगिताको प्रथम २५ हजार ५ सय ५५, द्वितीय ११ हजार १ सय ११ र तृतीय ५ हजार ५ सय ५५ भ्वाईस अफ गलकोटको प्रथम ५५ हजार ५ सय ५५, द्वितीय २१ हजार १ सय ११,गलकोट डान्स च्याम्पिएनको प्रथम ६१ हजार १ सय ११, द्वितीय २५ हजार ५ सय ५५ पुरस्कार राखिएको छ ।

त्यस्तै माछा छोप्ने प्रतियोगिताको पुरस्कार ८ हजार ८ सय ८८ र कालिलेख दौड प्रतियोगिताको प्रथम १५ हजार ५ सय ५५ र द्वितीय ७ हजार ७ सय ७७ पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ । (आदर्श अनलाइनबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय