गुल्मीको धार्मिक स्थल रेसुङ्गामा हिमपात

अनिष पन्थी गुल्मी

गुल्मीको ऐतिहासिक ,धार्मिक एवं पर्यटकिय स्थल रेसुङ्गामा हिमपात भएको छ।

जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासबाट माथी पट्टि रहेको अग्लो पहाडको यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो ।

हिउँ परेसङ्गै सदरमुकाम तम्घास सहित जिल्लाका अन्य स्थानमा चिसो बढेको छ।

हिमपात भएसङ्गै त्यहा भएका मठमन्दिर ,भिउटावर,त्यहाको बाताबरण रमाइलो देखिएको छ।रेसुङ्गामा गत बर्ष भन्दा यो बर्ष छिटो हिउँ परेको अनुमान गरिएको छ।

रातिदेखी सामान्य बर्षा भए पनि आज भने भारी बर्षा भएको हो ।हिउँमा रमाउन फोटो खिच्न टिकटक बनाउन केही मानिसहरु रेसुङ्गा तर्फ प्रस्थान समेत गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय