मुसिकोट वामीमा काँग्रेसको टोल समिति गठनः अध्यक्षमा खराल चयन

मुसिकोट । नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका वडा न ७ अन्तर्गत टोल न ३ मा टोल समिति गठन भएको छ ।

टोल नम्बर ३ अन्तर्गत पर्ने साबिकको वामी गा.बि.स वडा नम्बर ९ मा सोमवार काँग्रेस वडा नम्बर ७ का सभापति तेजिन्द्र बहादुर जिसिको अध्यक्षतामा टोल समिती गठन गरिएको हो ।

उक्त अवसरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्य समितीका नवनिर्वाचित सदस्य बिष्णु कुमारी सापकोटा, नेपाली काङ्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, नेपाली काङ्रेस मुसिकोट नगर उपसभापती सन्तोष साक्य, नेका मुसिकोट नगर सहसचिब शुस्मा तिवारी,

नेका मुसिकोट नगर सद्स्य कृष्ण प्रसाद सापकोटा, नेपाल बिद्यार्थी संघ रुद्रावती बहुमुखी क्याम्पस ईकाइ कार्य सभापती भुवन काफ्ले,लगायत सबै भातृ तथा शुभेच्छुक सस्थाका प्रतिनिधि तथा सदस्यहरु, नेपाली काङ्ग्रेसका कृयाशिल सदस्यहरु,साधारण सदस्यहरु,नेपाली काङ्रेसका शुभचिन्तकहरु लगायतको उपस्थिति रहेको थियो।

टोल अधिबेशनले काङ्ग्रेसका अत्यन्तै सकृय सदस्य तोयनाथ खरालको सभपतित्वमा नयाँ कार्यसमिती निर्वाचित गरेको छ । जसको उपसभापतिमा यम बहादुर कुमाल,सचिवमा तुल बहादुर राना र राजु काफ्ले, सहा सचिबमा कैलास सापकोटा र सरस्वती राना, कोषाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, सदस्यमा दिल बहादुर राना,

सान्ती राना, असोक खराल, अग्निधर गिरी, ढाल बहादुर रायमाझी, बेद प्रसाद खराल, रन्जना बौद्दचार्य,तेजिन्द्र खराल, याम बहादुर राना, दिपक खराल, धन बहादुर नगर्कोटी निर्वचित भएका छन ।

त्यसैगरी सोही क्रममा रबिलाल खरालको संयोजकत्वमा टोल सल्लाहकार समिती समेत निर्वचित गरिएको उक्त टोल अधिबेशनको संचालन नेपाली काङ्ग्रेस मुसिकोट ७ का सचीव विवेक काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय