नेविसंघ रेसुङ्गा क्यामपस द्वारा क्यामपसलाइ ध्यानाकर्षण

अनिष पन्थी गुल्मी

नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्यामपस इकाइ समिती तम्घास गुल्मी ले आज क्यामपसको विविध बिषयबस्तुमा ध्यानाकर्षण पत्र बुझाएको छ।

इकाई समितिले यस क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि का लागि निरन्तर रुपमा आवाज उठाउँदै आएको अवगत गराउदै ध्यानाकर्षण पत्र बुझाएको हो ।

क्याम्पस प्रशासनद्वारा गरिने गतिविधिहरूमा हानी रचनात्मक
सहयोग प्राप्त भई रहेको समेत यहाँलाई महशुस समेत भएको छ

रेसुङ्गा बहुमुखी क्याम्पसको ईतिहास नै गुल्मी जिल्लाको उच्च शिक्षाको ईतिहास हो भन्दा अतियुक्ति हुँदैन । देश जॉन मथा
राष्ट्र सेवामा समर्पित असंख्य जनशक्ति उत्पादन गरिसकेको हाम्रो प्यारो क्याम्पस QAA certified भएकोमा हामी हर्षित एव गौरवान्वित नै छौ । क्याम्पसको स्तरोन्नति हुदै जानु तर विद्याओं सख्या क्रमिक रुपमा घट्नुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

क्याम्पसको भौतिक अवस्थाना सुधार भएता पाने शैक्षिक अवस्थामा अझै यथेष्ठ सुधार भएको अनुभुति
नपाइएको तर्फ पनि ध्यानाकर्षण गराइएको छ
चमेना गृह शिघ्र सञ्चालन गर्नु पर्ने, गुणस्तरीय खेलकुद सामाग्री उपलब्ध गराउनु पर्ने,शौचालयको सरसफाइ र उचित व्यवधापन गर्नु पर्ने, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु पर्ने, राता बती विस्थापित गरी सेता बत्ती राख्नु पर्ने, प्रविधिलाई मध्यनजर गर्दै प्रत्येक कक्षामा स्मार्ट बोर्डको व्यवस्था गर्ने र भएकालाई योइंहरू शिध रुपमा सञ्चालन गर्नु पर्ने ,पुस्तकालयबाट लिइएका पुस्तकको समयावधि धप गरी कम्तिमा १ महिना सञ्चालन गर्न पाउनु पर्ने, सवारी साधन पार्किडको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ।

ध्यानाकर्षण पत्र नेविसंघ रेसुङा क्यामपस इकाई सभापति पुनाराम घिमिरेले क्यामपस प्रमुख हरि बहादुर खत्रीलाई बुझाउनु भएको थियो ।
नेपाल बिद्यार्थी संघ बिबिएस बिए प्रथम बर्षका विद्यार्थीको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय