बडिगाड गाउँपालिका २ बरबोटमा गोठ जलेर नष्ट

अनिष पाठक, बागलुङ

बडिगाड गाँउपालिका वडा नं २ को बरबोटमा आज एक गोठ जलेर नष्ट भएको छ ।

स्थानिय बालबालिकाले कर्ण बहादुर राना ९भिम बहादुर०को गोठमा रहेको बारुलाको गोलो पोल्ने क्रम्मा आगलागि भएको खर्वाङ प्रहरी चौकीका इन्चार्ज गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

गोठमा रहेका एकहल गरु आज खेतिपातिका लागि खेतमा लगेको कारण गोठमा रहेका गोरु बाहेक घासपात र काठ लगाएत गरी करिब २ लाख बराबरको क्षती भएको रानाले बताए । आगलागि भएलगतै स्थानिय र प्रहरीको पहलमा १ घण्टामा नै आगो नियन्त्रमा आएको थियो ।

उक्त आगलागिबाट सोहि स्थानका भिम बहादुर राना र हिरा बहादुर रानाको घरको विद्युतको तार जलेपनि तत्काल विद्युत बन्दगरी थप क्षती हुनबाट जोगाइएको प्रहरी इन्चार्ज न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय