सबैलाई समेटर पार्टीलाई अघि बढाउने देउवाको प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई समेटर पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र दिएपछि सभापति देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन्  ‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर पार्टी चलाउँछु’, देउवाले भने ।

कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै उनले तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित, मुस्लि, थारुलगायत सबैलाई नेतृत्वमा अवसर दिइएको प्रष्ट पारे ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

२४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय