वामीमा काँग्रेसको टोल समिति गठनः अध्यक्षमा काफ्ले सर्बसमत चयन

गुलमी मुसिकोट । नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका वडा न ७ अन्तर्गत टोल न २ मा टोल समिति गठन भएको छ ।मुसिकोट वडा नम्बर ७ टोल नम्बर २ अन्तर्गत पर्ने परुवा, तिम्लेचौर, काफलटोलामा शुक्रवार काँग्रेस का वडा सभापति तेजिन्द्र बहादुर जिसिको अध्यक्षतामा टोल समिती गठन गरिएको हो।

उक्त अवसरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्य समितीका नवनिर्वाचित सदस्य बिष्णु कुमारी सापकोटा, नेपाली काङ्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, संघीय क्षेत्र न २ प्रदेश सभा क नेपाली काङ्रेसका उपसभापति फन ब रायमाझी, नेपाली काङ्रेस मुसिकोट नगरसभापती मोहन घिमिरे, नेका मुसिकोट नगर सद्स्य कृष्ण प्रसाद सापकोटा, नेका मुसिकोट नगर सदस्य सितादेवी बस्नेत,लगायत सबै भातृ तथा शुभेच्छुक सस्थाका प्रतिनिधि तथा सदस्यहरु, नेपाली काङ्ग्रेसका कृयाशिल सदस्यहरु,साधारण सदस्यहरु,नेपाली काङ्रेसका शुभचिन्तकहरु लगायतको उपस्थिति रहेको थियो।

टोल अधिबेशनले २५ सदस्यीय नया कार्यसमिती निर्वाचित गरेको छ । जस अन्तर्गत टोल सभापतिमा निवर्तमान सचिव तथा नेपाली काङ्ग्रेसका अत्यन्तै सकृय सदस्य नारायण काफ्ले सर्वसम्मत चयन भएका छन् । तिम्लेचौरका जुझारु युवा यमकान्त भट्टराई टोल उपसभापति मा चयन भएका छन् भन् सचिवमा नेपाल किसान संघका नगर सभापति तथा जुझारु युवा जीवन सापकोटा (अर्जुन), सहसचिवमा तरुण युवा देबिराम सापकोटा र देवकी सापकोटा, कोषाध्यक्षमा चेत नारायण सापकोटा चयन भए ।

त्यसैगरी टोल समिती सदस्यमा कल्पना नेपाली, सुन्तलि कार्की, सरस्वती सापकोटा, राम प्रसाद सापकोटा, बालकुमारी काफ्ले, नर ब काफ्ले, गिता काफ्ले, टिकाराम सापकोटा, शंकर काफ्ले, कालिका जिसि, यम बहादुर सापकोटा (बिष्णु) ज्ञानु काफ्ले लगायत चयन भएका छन् ।

सोही क्रममा टोल वयोवृद्ध मानार्थ समिति र टोल सल्लाहकार समिती पनि गठन गरिएको छ। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समिती सदस्य विष्णु कुमारी सापकोटाको मन्तव्यबाट शुरु भएको टोल अधिबेशनको संचालन नेपाली काङ्ग्रेस मुसिकोट ७ का सचीव विवेक काफ्लेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय