५ दिने कुखुरापालन सम्वन्धि तालिमको आज अन्तिम दिन

कौरव खत्री, बागलुङ

बागलुङको गलकोट नगरपालिका ३ हटिया बजारमा फरक क्षमता भएका व्यक्तिहरुको लागि सोमवारदेखि कुखुरापालन सम्बन्धि सुरु भएको ५ दिने तालिम आज अन्तिम चरणमा प्रवेश गरेको छ ।

तालिमको उट्घाटन गर्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले अपाङ्गता भएका व्यक्तिहरुले पनि सपाङ्ग सरह जिउनका लागि उत्तिकै अधिकार रहेको भन्दै तालिममा सिकाइएका ज्ञान सीपहरुलाई व्यवहारमा लागू गर्न आग्रह गदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले फरक क्षमता भएका व्यक्तिहरु सँग पनि उत्तिकै क्षमता र कला रहेको र उनीहरुले त्यो स्थान नपाएर ओझेलमा परेको भन्दै यस तालिमको व्यवस्थापन वातावरण मिलाएको र आगामी दिनमा अझै फरक तालिमको व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो ।

तालिममा बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका र गलकोट नगरपालिकाबाट अपाङ्ग भएका व्यक्ति तथा अपाङ्ग भएका आफन्तहरु गरि २० जनाको सहभागिता रहेको छ ।

तालिम कृषि तथा पशु पंछी गलकोट नगरपालिकाका प्रमुख हरित्त शर्मा,ग्रामीण स्वास्थ सुधार परियोजना फेयर मिड बिवाइसी बागलुङका फिल्थ सुपर भाइजर वियम नारायण भारि, सहायक बलराम अधिकारी,फिल्थ सुपर भाइजर राजन सुवेदी लगायतले प्रशिक्षण दिनुहुने जनाइएको छ ।

गलकोट नगरपालिकाको आयोजना र ग्रामीण स्वास्थ सुधार परियोजना फेयर मिड बिवाइसी बागलुङको सहयोगमा कार्यक्रम सञ्चालन भएको छ ।

गलकोट नगर स्तरीय अपाङ्ग सञ्जालका उपाध्यक्ष खिमलालको अध्यक्षता गलको अपाङ्ग परिचय पत्र वितरण गलकोटका संयोजक पदम घर्तिको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको सञ्चालन भने नगर स्तरीय अपाङ्ग सञ्जाल गलकोटका उपाध्यक्ष गुन्ज खत्रीले गनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय