नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीद्वारा सडक विभागको ध्यानाकर्षण

गुल्मी – नेपाली कांग्रेस गुल्मीका नवनिर्वाचित सभापति खिलध्वज पन्थीले जिल्लाको रिडी रुद्रवेणी वामीटक्सार सडकमा पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सडक विभागको ध्यानाकर्षण गराएका छन् ।

सभापति पन्थीले जिल्लाको रिडी रुद्रबेणी वामीटक्सार सडकको विभिन्न स्थानमा पक्की पुलको निर्माण नहुँदा त्यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै छिटोभन्दा छिटो पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सडक विभागको ध्यानाकर्षण गराएका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुन थापा र पुल महाशाखाका प्रमुख उमेश बिन्दु श्रेष्ठलाई ध्यानाकर्षण गराउँदै सभापति पन्थीले अस्ति भर्खर कार्तिक महिनामा परेको अविरल वर्षाको कारणबाट सोही सडक खण्डमा पर्ने डहरे खोलाले सवारी साधन (जिप) बगाएको घटनाले गुल्मी कांग्रेसलाई निकै दुःखी बनाएको बताए । उनले विगत देखि नै यस्ता घटनाहरू निरन्तर दोहोरी रहेको उल्लेख गरे ।

सभापति पन्थीले रणनीतिक सडकमा हालसम्म भौतिक संरचना निर्माण भई सहज नहुनुले गुल्मीको समग्र विकासमा बाधा पुराइरहेको उल्लेख गर्दै उनले उक्त सडकको डहरेखोला, नादेवा खोला, भार्से खोला र गिदिखोलामा यथाशीघ्र पक्की पुल निर्माणको प्रक्रिया अगाडी बढाउन आग्रह गरे ।

उक्त सडक खण्डमा पक्की पुल निर्माण गर्नको लागि नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारीले पनि निरन्तर पहल गर्दै आएका छन् ।

सडक विभागको ध्यानाकर्षण गराउन गुल्मी कांग्रेसका सभापति पन्थीसँगै सत्यवती गाउँपालिका अध्यक्ष परिश्वर ढकाल र चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्री उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय