एमाले सांसदको नाराबाजी जारी

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

तर, एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई अगाडि बढाएका छन् ।

बैठकलाई कार्यसूचीमा प्रवेश गराउँदै सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए ।

सांसद सुवालले प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजी चलिरहेका बेला बैठक अगाडि नबढाउन र बैठकलाई स्थगित गरेर एमाले सांसदलाई सहमतिमा ल्याउन सुझाव दिए ।

साथै उनले एमसीसी राष्ट्रहितविपरीत रहेकाले यसलाई पारित गर्ने कार्य गर्न नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय