कस्तो रहला तपांईको यो साता, हेर्नुहोस तपांईको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )-m यो साता रोकिएका महत्त्वपूर्ण कामको पुन: थालनी हुनसक्छ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अगाडि बढ्न सक्छ ।

राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )- यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )-यो साता हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने र शेयर बजारको कारोबारमा सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला रङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शन गरि आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )- यो साता जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । पारिवारिक जमघट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । शेयर बजारबाट लाभ नै होला । राजनैतिक क्षेत्रमा पनि राम्रै सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कनु अघि बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )- यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ काम वा रोजगार पाइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला । आर्थिक मन्दी पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )- यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै कुरा र समाचारले मनमा शान्ति छाउनेछ । लाभदायक यात्राको योग पनि छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )-यो हप्ता गरेको काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्य प्रतिकूल र चोटपटकको भय छ सचेत रहनुहोला । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् । मध्य साताबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )-यो साताबाट शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल देला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि पनि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्नसक्छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )-यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सातको मध्यमा भने लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-यो साता रमणीय र सुखद् यात्राको योग छ । प्रविधि मार्फत साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मध्य सातामा अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )-यो साता समाजसेवा र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । पारिवारिक सद्भाव बढेर जानेछ । नयाँ व्यक्तिसँग भेटघाट र सहकार्य गर्ने समय छ । शेयर बजार भने सामान्य नै रहनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु अघि महादेवको आफ्नो कूल देवताको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )-साताको सुरुका दिनमा मनोरञ्जनका साथै धार्मिक यात्रामा रुचि बढ्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोग पनि मिल्नेछ । मध्य साताबाट क्रोध, प्रतिशोध, रिसराग र आवेग माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । स्वास्थ्य प्रति पनि सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग घ्यू रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको स्मरण गर्दा अधिक लाभ मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल ( हाम्रो पात्रो )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय