काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज सोमबार हुन गइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।
नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले पार्टीमा अस्वस्थ प्रतिस्पर्धा भइरहेकोप्रति असहमति जनाउँदै पौडेल मतदानमा सहभागी नहुने भएका हुन् ।
images
उनले भने, ‘अहिलेको कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा छ । अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भन्नुभएको छ ।’
संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बन्न सम्भव नभएपछि नेता पौडेल निर्वाचन प्रक्रियाबाटै बाहिरिएका छन् । पौडेलको समर्थन कसलाई हुने भन्ने पनि खुलेको छैन ।
कांग्रेस सभापति पदमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमा सिंह, बिमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ ।-मिडिया डबली