२०७८ मंसिर २५ गते, शनिवार को राशिफल

२०७८ मंसिर २५ गते, शनिवार, ११ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष अष्टमी तिथि। 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आफन्तको सहयोग मिल्नेछ । कुनै कुराले मनमा पनि छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ, तर टाढाको यात्रा फलदायी हुँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर