आज नेपाली कांग्रेस संस्थापन पक्षले आज केन्द्रीय पदाधिकारीको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने भएको छ ।
आफ्नो समूहको बैठकमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका देउवा बुढानिलकण्ठ पुगिसकेका छन् । केही समयभित्रै बैठक सुरु हुने र पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।
संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ ।
बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जुन यस्तो छ –
सभापति : शेरबहादुर देउवा ,उपसभापति : पूर्णबहादुर खड्का , उपसभापति : डा.प्रकाशशरण महत ,महामन्त्री : बालकृष्ण खाँण ,महामन्त्री : विश्वप्रकाश शर्मा ,
सहमहामन्त्री : गोविन्द,भट्टराई ,सहमहामन्त्री : भिष्मराज,आङ्देम्वे,सहमहामन्त्री : मीन विश्वकर्मा,सहमहामन्त्री : महालक्ष्मी,उपाध्याय ,सहमहामन्त्री : फरमुल्लाह मन्सुर ,सहमहामन्त्री : रामजनम चौधरी ,सहमहामन्त्री : जीतेन्द्र देव ,सहमहामन्त्री : जीवनबहादुर शाही