नबखबर

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन्।

भरखरै सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल निकट अमरसिंहले ८ सय ५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्।

सभापतिका अर्का प्रत्यासी पार्टी सभापति शेरबहादुर देउवा निकट भरतकुमार शाहले ७ सय ६७ मत ल्याएका छन्।
प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन्।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८ सय ४७ र राजु खनालले ७ सय ९२ मत ल्याएर निर्वाचित भए। खनाल प्रधानमन्त्री देउवा पक्षका हुन्।

महामन्त्रीमा पौडेल पक्षका विक्रम खनालले ८ सय ४४ र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८ सय ३०, बिष्णु खनाल मुस्कान ८ सय ५९ र खगराज पाण्डेले ७ सय ७६ मत ल्याएर निर्वाचित भएका छन्।

लुम्बिनीमा एक हजार ६ सय ४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय