मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, असुरुमा संघर्ष गर्नुपरे पनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। पछिको फाइदाका लागि अरूको सेवामा जुट्नुपर्ने हुन सक्छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। 

आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। मंगलवारदेखि समयले साथ दिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। केही खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बोसुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले पनि सताउन सक्छ। जिम्मेवारी बढ्नेछ र अरूका लागि समय खर्च हुनेछ।

 तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने बिहीवारदेखि रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ र उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हसाताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

 पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने अर्थ अभावले आँटेको काम रोकिन सक्छ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। तापनि, मिहिनेतले आशा जगाउनेछ।मिहिनेतले प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् र नयाँ अवसर समेत प्राप्त हुनेछ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ।

 सानाे प्रयत्नले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नुका साथै राेकिएकाे काम पनि प्रारम्भ हुन सक्छ। अवसरका साथै केही चुनाैती भने देखा पर्नेछन्। यात्रा गर्दा परिस्थिति र स्वास्थ्यमा ध्यान पुर्याउनुहाेला। बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। सप्ताहान्तमा स्वास्थ्यबाधा, काममा अवरोध र केही झमेला आइपर्ने सम्भावना देखिन्छ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् र नयाँ अवसर समेत प्राप्त हुनेछ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। सानाे प्रयत्नले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ। 

भौतिक साधन जुट्नुका साथै राेकिएकाे काम पनि प्रारम्भ हुन सक्छ। अवसरका साथै केही चुनाैती भने देखा पर्नेछन्। यात्रा गर्दा परिस्थिति र स्वास्थ्यमा ध्यान पुर्याउनुहाेला। बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। सप्ताहान्तमा स्वास्थ्यबाधा, काममा अवरोध र केही झमेला आइपर्ने सम्भावना देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा ईर्ष्या गर्नेहरूले अवरोध गरे पनि प्रयत्न गर्दा काम सम्पादन हुनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिए पनि सामान्य प्रगति हुनेछ। आफ्नो अभियानबाट धेरैले फाइदा उठाउन सक्छन्। पहिलेकाे स्थितिमा सुधार आउनेछ भने नयाँ अवसर प्राप्त हुनेछ।

 व्यवसायमा लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेश यात्रा गर्ने साइत जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै मित्रता र प्रेमकाे बन्धन कसिले हुने सम्भावना छ। महत्त्वाकांक्षी निर्णय लिन उपयुक्त समय पर्खनुहोला।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारदेखि स्थिति अनुकूल बन्नाले केही अवसर प्राप्त हुनेछन्। तर, हिम्मतले मात्र काम बन्नेछ।

 सप्ताहान्तमा अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। काममा अवराेध गर्न आउने प्रतिस्पर्धीहरू स्वत: पराजित हुनेछन्, आफ्ना योजनाहरू गोप्य राख्नुहोला। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सफल भइनेछ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा ठूलै उपलब्धि हातलागी हुने समय छ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम बिस्तारै बन्नेछन्। मंगलवार, बुधवार र बिहीवार भने घरायसी समस्याले अल्झाउन सक्छ।

 अनावश्यक साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। समयमा जुट्न नसक्दा चिताएका काममा केही बाधा पर्नेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्न सक्छ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। मेहनतले मनग्य फाइदा दिलाउनेछ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

बोलीको प्रभावले मनग्य फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ।

 तर अरूको मात्र भर पर्नाले आफ्नो महत्त्वाकांक्षा समयमा पूरा नहुन सक्छ। साइनो गाँस्नेहरूले अलि दु:ख दिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न पनि सकिनेछ। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साता उत्साहवर्द्धक रहनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मिहिनेतले काममा सफलता मिल्नेछ। 

केही विवादास्पद काम गर्नुपर्ने हुँदा बोली–व्यवहारमा भने अलि संयम रहनुपर्ला। सप्ताहान्तमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुन सक्छ। पराक्रम बढ्नाले नयाँ याेजना थालनी गर्न सकिनेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा खर्चिलाे काममा जुट्नुपर्ने हुँदा अर्थ अभाव देखापर्नेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। केही व्यावहारिक चुनौती पनि सामना गर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ र नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ।

 उपहारका साथै स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनतले पहिले रोकिएको प्रतिफल पनि दिलाउन सक्छ। मान-सम्मानका साथै विशेष उपलब्धि प्राप्त हुने समय छ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

आम्दानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रशस्त दाम पनि हातलागी हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। मंगलवारदेखि भने खर्चको मात्रा बढ्नेछ। समयमा रकम हातलागी नहुँदा काममा पनि समस्या पर्नेछ।

 एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले दुःख पाइनेछ। शुक्रवारदेखि विभिन्न अवसर प्राप्त हुनाले मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आँटेको काम सम्पादन हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिएलान्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। 

लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोत थपिनाले लाभांश पनि बढ्नेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। मंगलवारदेखि फजुल खर्च पनि बढ्नेछ। अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला। घर–परिवारबाट टाढिनुपर्ने हुन सक्छ, तापनि टाढाकाे यात्रा गर्ने साइत भने जुर्न सक्छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here