गुल्मीको कुर्घा गुन्धारामा तेत्तिसहजार पुरस्कार राशिको भलिबल खेल आयोजना हुदै 

सुरज भट्टराई, गुल्मी

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा गुन्धारामा रहेको श्री शिर्जनशिल युवा क्लबको आफ्नो १२ अौ स्थापना कालको अवसरमा यही मिति २०७८ साल मंसिर १८ देखि २० सम्म खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सन्चालन गर्न गईरहेको छ

सोहि अवसरमा क्लवले सम्पुर्ण क्लब,संघ संस्था,विधालयलाई खेलमा उपस्थित भईदिनु अनुरोध पनि गरेको छ, भलिबल तर्फ प्रथम हुनेले नगद रु ३३,३३३र( कप,मेडल र प्रमाण पत्र, दृतिय र तृतीय क्रमशः २२,२२२र( र ११,१११र( कप मेडल अनि प्रमाणपत्र प्राप्त गर्नेछन, साथै हरेक विधागत पुरस्कार पनि राखिएको प्रादेशिक भलिबल रेफ्री नविन छन्त्याल ले जानकारी दिनुभएको हो ।

यस भलिबल खेलको उदेश्य नेपालको राष्ट्रिय खेल भलिबल विकासको निम्ति स्थानिय स्तरमाइ लुकेका खेलाडीको पहिचान गरि उनीहरूलाई अबसर प्रदान गरि राष्ट्रिय स्तरसम्म पुर्याउनु हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय