२०७८ मंसिर १० गते, शुक्रवारको राशिफल

२०७८ मंसिर १० गते, शुक्रवार, २६ नाेभेम्बर २०२१। मार्ग कृष्णपक्ष सप्तमी तिथि।।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन पनि रमाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रणयसम्बन्ध र मनमा चञ्चलता बढ्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज प्राविधिक काममा समेत फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा निराशा र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको पनि विकास हुनेछ 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । लगानी नगर्दा वेश हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै प्रसङ्गमा मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दैनिक कार्यमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । सफल यात्राको योग पनि छ ।

 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय