अनिष पन्थी
गुल्मी

नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका गुल्मीका निवर्तमान सभापति छवि पाण्डेले  जिल्ला कार्यसमिति गुल्मीको सह सचिवमा उमेदवारी दिने घाेषणा गरेका छन् ।

मंसिर १० गते अर्थात् भाेली हुन गइरहेको नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला अधिवेशनमा आफुले सह सचिवमा उमेदवारी दिने घाेषणा गरेका हुन् ।

युवा र पाकाहरुका बिच हातेमालो गर्दै पार्टिलाइ अगाडि बढाउन सबैको सहयोग सद्भाव र अमुल्य मतको अपेक्षा सहित उम्मेद्बारी दिएका छन ।

बिद्यार्थी जिवनबाटै नेविसंघ हुँदै राजनीतिमा लागेका पाण्डे दुई पटक सम्म जिल्लाको सदस्यमा रहि कामसमेत गरेका थिए।

वडादेखी नगर हुँदै जिल्ला तहसम्म पुगेका पाण्डेले यसपालि जिल्लाको सह सचिवमा उम्मेद्बारी दिएका हुन ।

 

 

 

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here