काङ्ग्रेस नेता धर्मराज पाण्डेद्वारा जिल्ला सह सचिवमा उम्मेदवारी घोषणा

गुल्मी – नेपाली काङ्ग्रेस गुल्मीका जिल्ला सदस्य समेत रहेका युवा नेता धर्मराज पाण्डेद्वारा नेपाली काङ्ग्रेसको मङ्सिर १० गते हुन लागिरहेको जिल्ला अधिवेशनमा सह सह सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

लामो समयसम्म सामाजिक क्षेत्रमा कृयाशिल पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पाण्डेलाइ निडर,स्पस्ट वक्ता,कुटनैतिक छवि भएका युवा,वृद्ध एवम बालबालिका सबैमाझ लोकपृय नेताका रुपमा चिनिन्छ ।पाण्डेले जिल्ला भित्रका गरिब,दुखी,असहाय विद्यार्थीहरुलाइ आफ्नो व्याक्तिगत खर्चमा बेलाबेलामा शैक्षिक सामाग्री वितरण गरेर सहयोग समेत गर्ने गर्नुभएको छ ।

हरेक सामाजिक आन्दोलनमा अग्र मोर्चामा खटिएर प्रहरिको दमनमा समेत पर्नुभएका नेता पाण्डे नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासको २०६५ सालको इकाइ सभापति समेत बन्नुभएको थियो ।

प्रचारप्रसार भन्दा बढी कर्ममा विश्वास गर्ने नेता पाण्डे २०७० सालको ने वि संघ गुल्मीको सभापति पदका प्रत्यासी रहनुभएको थियो ।

ने वि संघपश्चात नेपाली काङ्ग्रेसको आमन्त्रित सदस्य भै काम गर्नुभएका उहाले सङ्गठन निर्माणमा अहोरात्र खटिइरहनुभएकोले उहालाइ नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सह सचिवमा बिजयी बनाउनुपर्ने आम क्षेतृय प्रतिनिधिहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय