नेपाल विद्यार्थी संघका नेता सुदर्शन खनाल नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि भिड्दै

नेपाल विद्यार्थी संघका नेता सुदर्शन खनाल नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भिड्ने घोषणा गर्नुभएको छ ।

सोमबार हुन लागिरहेको गुल्मी क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनसङ्गै केन्द्रीय महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन हुने भएकोले उक्त पदमा उहाले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेता सुदर्शन खनाल विद्यार्थी राजनीतिमा स्थापित र सफल नेता मानिनुहुन्छ । उहाँ समकालीन युवा पुस्तामा एक अध्ययनशिल,तार्किक एवम बौद्धिक नेताका रुपमा छवि बनाउनुभएको नेताको रुपमा सबैले चिन्ने गरेका छन ।

नेता खनाल वि।स।२०६१ सालमा नेपाल विद्यार्थी सङ्घ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीका इकाइ सदस्य,२०६३ सालमा इकाइ सहसचिव हुदै २०७१ सालमा गुल्मी जिल्ला सभापति निर्वाचित हुनुभएको थियो भने २०७४ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रिय सदस्य निर्वाचित हुनुभएको थियो ।

विद्यार्थी राजनितीमा सफल ठहरिएका खनाल काङ्ग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि सहजै निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरुको अनुमान रहेको छ ।

काङ्ग्रेसको सुन्दर पक्ष लोकतान्त्रिक पद्धति पछिल्लो समयमा सबैको लागि निकै अनुकरणीय बनेको बेला विद्यार्थी सङ्गठनको लागि गाउगाउमा पुगेको र बस्ती बस्ती पुगेकोले आफुलाइ महाधिवेशन प्रतिनिधि स्वभाविक स्थान भएको खनालको भनाइ छ ।

खनाल अन्याय,अत्याचारको विरुद्धमा बोल्दा प्रहरिको दमन समेत सहनुपरेको नमिठो अनुभव समेत बेलाबखत प्रशिक्षण मन्तव्यको रुपमा बताउने गर्नुहुन्छ । उहाको नेतृत्वमा २०७२ सालको भुकम्पपछि फोक्सिङ्गमा घर टहरा निर्माणका क्रममा आवासिय रुपमा घर घरमै सहयोगी टोलि पुगेको थियो भने बडागाउको आगलागीमा समेत सहयोगी मोर्चा लिएर पिडामा मलम लगाउन पुगेको थियो ।

यी र यस्ता खनालका प्रतिनिधिमुलक सामाजिक कार्य मात्र हुन उहाँ हरबखत सामाजिक सेवामा तल्लिन हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय