काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा सच्चा कम्युनिष्टहरु कोही नरहेको दाबी गरेको छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा मध्यपुर थिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘एमालेमा रहने सच्चा कम्युनिष्टलाई ढोका बन्द गरेपछि हामी विद्रोह गर्न बाध्य भयौँ। केपी ओलीको टाङमुनि छिराएर राख्न खोजेपछि हामीले त्यसलाई अस्वीकार गर्‍यौँ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ।’

ओलीले एमालेमा आफूहरूलाई बस्न ढोका बन्द गरेपछि संन्यास र आत्मसमर्पण गर्न नसकेपछि नयाँ पार्टी दर्ता गरेको स्पष्ट पारे। अहिले एमालेले विद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउन खोजेको दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘उहाँहरूले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिँडेको छ। त्यस्तो अवस्थामा हामी कहिल्यै पुग्दैनौँ। अहिले समाजवादीमा आउनेको देशव्यापी लहर चलेको छ। राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम पनि जारी छ।’

यस्तै, आफ्नो पार्टीमा सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिए। सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता

बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here