ओलीले नियुक्ति दिएका यी ९ जनालाई देउवा सरकारले गर्‍यो बर्खास्त

काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालाना नियुक्ति पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का ९

सदस्यलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको छ ।शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले राखेपका ९ सदस्यलाई बर्खास्त गरेको छ । मन्त्रीस्तरीय निर्णयले सदस्यहरुलाई बर्खास्त गरिएको मन्त्रालयको स्रोतले जनाएको छ ।

राखेपका बोर्ड सदस्य रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी, इन्दिरा निरौला, रिम रानाभाट, गोपाल खनाल र गोविन्द भट्टराईलाई बर्खास्त गरिएको छ ।

गत कात्तिक १ गते देउवा सरकारको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो ।

त्यसपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पूर्ववत् सरकारद्वारा नियुक्त भएका बोर्ड सदस्यलाई राजीनामा दिन निर्देशन दिएपनि राजीनामा नगरेकाले स्पष्टीकरण सोधेपछि बर्खास्त गरिएको छ ।

मन्त्री गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपको अध्यक्षको हैसियत सदस्यहरूलाई गत कात्तिक २३ गते स्पष्टीकरण सोधेका थिए ।

३ दिनभित्र स्पष्टीकरण बुझाउन मन्त्रालयले निर्देशन दिएको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय