गुल्मीमा पनि नेपाल बन्दको प्रभाव

गोकर्ण पाण्डे गुल्मी

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको गुल्मीमा पनि प्रभाव परेको छ।

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला छन्।

त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको जनाइएको छ।
चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षा को लागि खटेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय