वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो : ओली

धनकुटा – नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन् ।

एमाले धनकुटाले छिन्ताङ्गमा आयाेजना गरेकाे ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताए ।

आफ्नो सरकारका पालामा सहिद परिवारलाई ४२ वर्ष पछि प्रदेश सरकारमार्फत ५-५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै ओलीले छिन्ताङ्गका सहिदलाई एमालेबाहेक कसैले वास्ता नगरेको दाबी गरे ।

पार्टी फुट बोरामा कुहिएको आलु छानिएर फ्याँकिएजस्तै भएकाले यसले एमाललेलाई कुनै असर नपर्ने उनको तर्क थियो । ‘अझै पनि जनलहर एमालेमा छ,आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ,’ उनले भने ।

यो पनि पढ्नुहोस् – काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।

विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।

काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्रा*उ परेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय