सर्वाेच्चमा टकरावः प्रधानन्यायधिशलाई सर्वाेच्चभित्र छिर्नै नदिने रणनीतिमा वकिलहरु

काठमाडौं । प्रधानन्यायधिश चोलेन्द्र शमसेरविरुद्ध आन्दोलन गरिरहेको नेपाल बारएशोसिएसनले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने रणनीति बनाएको छ ।

चरणबद्ध आन्दोलनमा जुटेको बारले आज पनि आफ्नो आन्दोलन अझै आक्रामक बनाउने उद्धेश्यस्वरुप जबरालाई भित्र छिर्नै नदिने रणनीति बनाएको हो । विहिबार सर्वाेच्च अदालत अघि प्रहरी र वकिलहरुवीच झडप नै भएको थियो ।

त्यसको विरोधमा बारले प्रधानन्यायधिशलाई नै सर्वाेच्च जान नदिने रणनीति तय गरेको हो ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् ।

कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।

प्रधानन्यायधिशले मन्त्रिपरिषदमा भाग मागेको, न्यायलयमा गुटबन्दी गरेको लगायतका आरोपहरु लगाउँदै सर्वाेच्चका न्यायधिश र वकिलहरु आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय