एमाले १० औं महाधिवेशन– यी हुन् ओलीको रोजाइका १५ पदाधिकारी.

काठमाण्डौँ । नेकपा एमालेको १० औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै कुन नेताको हैसियत कहाँ पुग्ने भन्ने बारेमा नेता कार्यकर्तामा बहस सुरु हुन थालेको छ ।

अध्यक्षसहित निर्वाचित हुने १५ पदाधिकारीमा कस्ता कस्ता अनुहार आउलान् भन्ने चासो राजनीतिक वृत्तमा चल्न थालेको हो ।एमालेको १० औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली नै दोहोरिने पक्का नै छ । दोहोर्‍याएर कक्षा नपढ्ने घोषणा गरेका ओलीले ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमार्फत विधान परिवर्तन गर्दै आफू अनुकूल व्याख्या, विश्लेषण गरिसकेका छन् ।

ओलीलाई विधान महाधिवेशनले पुनः अध्यक्ष बन्न र अर्को कार्यकाल विताउन बाटो फुकाएको छ ।लामो समय पार्टीमा माधव कुमार नेपाल निकट रहेर पार्टी विभाजनका बेला १० वुँदे सहमति गर्दै एमालेमै बसेका पाध्यक्ष भीम रावल र घनश्याम भुसाल ओलीको प्रतिस्पर्धीमा देखिनसक्ने आँकलन गरिएपनि ओलीलाई काउन्टर दिन सक्ने हैसियतमा उनीहरु देखिँदैनन् ।

त्यसैले पनि आगामी महाधिवेशनमा ओली निर्विरोध अध्यक्ष बन्नेमा उनी निकट नेता कार्यकर्ता ढुक्क देखिन्छन्महाधिवेशनबाट केन्द्रीय कमिटी २२५ सदस्यीय बनाउने जनाएको एमालले १५ पदाधिकारीको टीम भने आन्तरिक सहमतिमै छान्ने तरखरमा छ ।

एमाले अध्यक्ष ओली पनि सहमतिमा नेतृत्व चयन गर्न चाहन्छन्। उनले पटक पटक पार्टी बैठक र सार्वजनिक सभामा समेत सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताइरहेका छन् ।

महाधिवेशन पछि कुन नेताको स्थान कहाँ रहने भन्नेबारे ओलीले महासचिव ईश्वर पोखरेल, नेता विष्णु पौडेल लगायतका नेतासँग छलफल गरिसकेको स्रोतले बताएको छ ।

अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा रामवहादुर थापा वादल, सुवास नेम्वाङ, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई अघि सार्ने तयारी उनीहरुको रहेको बताइएको छ ।

त्यसैगरी महासचिवमा विष्णु पौडेललाई अघि सार्ने तयारी रहेको छ । यद्यपि उपाध्यक्ष रावलले पुनः उपाध्यक्षमा चित्त बुझाउँछन् या बुझाउँदैनन भन्नेमा ओली प्रष्ट भइसकेका छैनन् ।

त्यसैगरी उपमहासचिवमा शंकर पोखरेल र घनश्याम भुसाल, सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुव्वा गुरुङ र रघुवीर महासेठ, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराईलाई नाम चर्चामा रहेको ओली निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय