सेन्टी गितका हिरो किशोरको मन रुवाउने अभिनय सहित बरबर आँसु बजारमा

अनिष पाठक
बागलुङ, २२ कार्तिक । नेपाली सांगितिक क्षेत्रमा एउटा बेग्लै पहिचान बोकेको नाम हो विष्णु माझि । जसले गाएका गितले युटुबमा मात्र हैन दर्शक श्रोताका मन जित्न पनि सफल हुन्छन । उनै विष्णु माझि र विरेन्द्र बुढाले स्वर दिएको गित बरबर आशु ले यतिबेला दर्शक श्रोताको मन जितिरहेको छ ।

करिब १० वर्ष देखी सांगितिक क्षेत्रमा लागि रहेको गुल्मेली सर्जक किशेर खत्रीको अभिनयमा रजिना विष्ट र महिमा गिरीले पनि साथ दिएका छन । जनाता डिजिटलबाट यहि कार्तिक १६ गते डिजिटल बजारमा आएको बरबर आशुमा शक्तिराम डीसीको शब्द, केशव सापकोटाकोे संगीत र सिर्जन बरालकोे निर्देशन रहेको छ । म्युजिक भिडियोलाई राजेश घिमिरे र दिपक गिरीले खिचेका हुन भने भिडियोको सम्पादन अमृत चापागाईकोे रहेको छ ।

विभिन्न गित संगितमा आफ्नो सिर्जना प्रस्तुत गरेका खत्रीले आफ्नै आवाजमा भने २०७० सालमा सर्मिला गुरुङसंग कहिले पनि पुगेन रहर बोलको झयाउरे भाका बजारमा ल्याएका थिए । भने खत्रीले गायिका विष्णु माझि संग गाएको चोखो माया सागर सरी छ बोलको गितले २०७३ सालमा पिराविटिको करिब ३ वर्ष अगाडिको रेकड समेत तोडेको थियो ।

पछिल्लो समय मोडलिङको क्षेत्रमा काम गरिरहेका खत्रीले अभिनय गरेको लायक छैन धर्ति, अनुशन्धान, इज्जत लगाएतका कयौै गितहरुले विभिन्न अवार्ड समेत हात पारेका छन । साथै खत्रीले अब छिटै वारी बडिगाड पारी दरमखोला बोलको पञ्चेबाजा गित निमार्णको चरण रहेको जानकारी दिए ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय